नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ रामेछापको आठ वटै पालिका कमिटी गठनः मन्थलीको अध्यक्षमा थापा

  • प्रकाशित मिति: बुधबार, माघ ५ २०७८
  • तामाकोशी

मन्थली, माघ ५ गते । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ रामेछापको नगर र पालिका कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ रामेछापको बुधबार मन्थलीमा आठ वटै स्थानीय तहमा नेत्रित्व गर्ने नगर र पालिका तदर्थ कमिटी गठन गरिएको हो ।
जिल्ला अध्यक्ष पवनकुमार कठायतको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रममा बागमती प्रदेश कमिटी अध्यक्ष पशुपतिबहादुर खड्काले नगर र पालिका कमिटीका पदाधिकारीहरु घोषणा गर्नुभएको हो । नव गठित मन्थली कमिटीको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः नविनकुमार थापा मगर, देवकृष्ण बख्रेल र ध्रुव लामिछाने छनौट भएका छन् । यसैगरी रामेछाप नगरकमिटीको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः दिपक ढकाल, समन श्रेष्ठ र सुजन घिमिरे, लिखुतामाकोशी गाउँपालिका कमिटी अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः मोहन श्रेष्ठ, नेत्रबहादुर वि.क. र उमेश कडरिया, गोकुलगंगा गाउँपालिका कमिटी अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः पुरुषोत्तम बस्नेत, धर्मेन्द्र बस्नेत र दुर्गाबहादुर खड्का छनौट भएका छन् ।
यसैगरी उमाकुण्ड गाउँपालिका कमिटी अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः अम्बरबहादुर कार्की, अमृतबहादुर कार्की र वेदबहादुर श्रेष्ठ, दोरम्बाशैलुङ गाउँपालिका कमिटी अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः दावासाङ्बु शेर्पा, कमल जैरु र रामभक्त कडेल, सुनापति गाउँपालिका कमिटी अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः सन्देश खड्का, राजकुमार तामाङ र ताराबहादुर योञ्जन र खाँडादेवी गाउँपालिका कमिटी अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः ध्यानबहादुर तामाङ, नरबहादुर बुढाथोकी र मोहनबहादुर कार्की छनौट भएका छन् ।
नगर र पालिका स्तरका बुधबार घोषित पदाधिकारीहरु स्वतः जिल्ला कमिटी पदेन सदस्य रहने विधानमा रहेको बागमती प्रदेश कमिटी अध्यक्ष पशुपतिबहादुर खड्काले जानकारी दिनुभयो । सोहि अबसरमा जिल्ला कमिटीका अन्य सदस्यहरु समेत थप गरेका छन् । थप भएका सदस्यहरुमा होमहरी बख्रेल, सुमिका श्रेष्ठ, विमला माझि, राजकुमार बस्नेत, भरतकुमार कार्की, सपुत कोजु रहेका छन् । जिल्ला कमिटी बढीमा ५५ सदस्यीय रहने र पालिका कमिटी २५ सदस्यीय रहने विधानमा व्यवस्था रहेको छ ।
विधानअनुसार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघमा विभिन्न ११ वटा व्यवसायी संघसंगठन आवद्ध रहेका छन् ।