मन्थली । नागरिक तथा सामाजिक संस्थाहरुको आन्तरिक सुशासन र स्वनियमनका न्यूनतम मापदण्ड प्रवद्र्धन ग्रहण तथा अनुकुलन बारे छलफल कार्यक्रम भएको छ । विहिबार गैर सरकारी संस्था महासंघको आयोजनामा उक्त कार्यक्रम सदरमुकाम मन्थलीमा भएको हो ।
सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशिलता भन्ने मुल नारा सहित सुरु भएको उक्त कार्यक्रममा सामाजिक संस्था, संस्थाले पुरा गर्नु पर्ने न्यूनतम मापदण्ड साथै स्वनियमनको विषयमा छलफल भएको थियो ।
कार्यक्रमको गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य एवं बागमती प्रदेश इन्चार्ज मिलन घिसिङले सहजिकरण गर्नु भएको थियो ।