रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा बृृहत साँस्कृतिक कार्यक्रम गर्दै

  • प्रकाशित मिति: शुक्रबार, पुष १६ २०७८
  • तामाकोशी

मन्थली । रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा स्रष्टा सम्मान तथा बृृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । रामेछापको मन्थलीमा यहि पौष १७ गते र १८ गते स्रष्टा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

रामेछाप साँस्कृतिक कलाकार समाजको बाह्रौँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रमको अवसरमा स्रष्टा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको समाजका अध्यक्ष रामकुमार पौडेलले जानकारी दिनुभयो ।



जिल्ला समन्वय समिति प्राङगणमा जिल्लाको ८ वटै स्थानिय तहमा गठन भएको रामेछाप साँस्कृतिक कलाकार समाजको पालिका स्तरिय समितिद्धारा विभिन्न प्रस्तुती साथै ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीका साथ कार्यक्रम गर्न लागिएको बताइएको छ । २ दिनसम्म हुने उक्त कार्यक्रममा चर्चित कलाकारहरु, शिवहरी पौडेल, सिता थापा, रोज मोक्तान, पार्वती कार्की, नवराज घोरासैनी, राजेन्द्र कुमार कार्की, विक्रम जंग शाह, खेम सेन्चुरी, चाँदनी मोक्तान, विक्रान्त बस्नेत, सुनिता दुलाल, डिपी खनाल,रन्जिता गुरुङ लगायतका धेरै राष्टिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिनिधी सभा सदस्य एवं पुूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रमको मुख्य प्रायोजक मन्थली नगरपालिका रहेको छ ।