शिक्षक संघ मन्थली नगरपालिकामा भिम नेपाली निर्वाचित

  • प्रकाशित मिति: शुक्रबार, पुष १६ २०७८
  • तामाकोशी

मन्थली, १६ पुष । नेपाल शिक्षक संघ मन्थली नगरपालिकाको दोस्रो नगर अधिबेशनबाट भिम बहादुर नेपालीको अध्यक्षतामा २६ सदस्यिय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएका छन् ।

नव गठित समितिमा उपाध्यक्ष खुल्ला शम्भु मण्डल र उपाध्यक्ष महिला सविना पौडेल रहनुभएको छ भने सचिवमा सुरेन्द्र के.सी.,सचिव अर्थ मा सानोबाबु पुरी, सह–सचिवमा गुञ्जबहादुर श्रेष्ठ र सह सचिव महिला जानुका श्रेष्ठ, सह–सचिव अर्थ विनोद सुवेदी सह–सचिव समावेशीमा प्रमिना श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी वडागत सदस्यहरुमा क्रमशः बद्री अधिकारी,लेखबहादुर खत्री, माला घिसिङ, अनिता पौडेल, नारायण प्रसाद घिमिरे, कृष्ण कार्की, लक्ष्मी तामाङ, हिरा बोहोरा पुरी, सरस्वती गिरी, यमकुमारी मगर निर्वाचित भएका छन्।



त्यसैगरी महिला सदस्यहरुमा क्रमश शान्ता श्रेष्ठ,देवी पोख्रेल अधिकारी,दुर्गा पौडेल रहनु भएको छ भने खुल्ला सदस्यहरुमा,किशोर घिमिरे,पुर्णबहादुर रोक्का ,मञ्जु श्रेष्ठ,थममाया मोक्ताननिर्वाचित भएका छन् ।