रामेछापको खाँडादेवीमा खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया

  • प्रकाशित मिति: शुक्रबार, पुष ९ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालका–६ माकादुममा खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । अनौचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र हाम्रो बाल क्लव माकादुमको आयोजना भएको कार्यक्रममा खाद्य अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवस्था र व्यहारमा देखिएको समस्याका बारेमा छलफल भएको थियो । बाल क्लवका अध्यक्ष बबिता महतको अध्यक्षतामा भएको कार्य क्रमममा सहभागी बक्ताले नेपालको संविधानले खाद्य अधिकारलाई मौलीक अधिकारको रुपमा व्यवस्था गरेको भए पनि व्यवहारिक कार्यान्वयनमा समस्या रहेको बताएका थिए । खाद्य अधिकारको संरक्षणको लागि खाद्य सुरक्षामा ध्यान दिनु पर्नेमा सहभागी वक्ताको जोड थियो । केन्द्र, प्रदेश र स्थानीय सरकारले कृषिमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने सरोकारवालाको थियो । बजारमा बढ्दै गएको अखाद्य बस्तुको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने, बजार अनुगमनलाई कडाइ गर्नु पर्ने तथा विद्यालयमा तयारी खाजा रोक्नपर्ने सहभागिको सुझाव थियो । स्थानीय कृषि उत्पादन नबढाएसम्म खाद्य सुरक्षा र खाद्य अधिकारको संरक्षण गर्न नसकिने सहभागिहरुको भनाइ थियो ।