मन्थली । रामेछाप साँस्कृतिक कलाकार समाजका पदाधिकारीहरुको फोटो राखेर जथाभावी फेसबुक स्टाटस् लेखेका रामकुमार कार्कीले माफी मागेका छन् । कार्कीले कलाकार राजेन्द्रकुमार कार्की, प्रकाश कटुवाल, रामकुमार पौडेल र कुमार कार्कीको फोटो राखेर फेसबुकमा स्टाटस पोष्ट गरेका थिए ।
रामकुमार कार्कीले बुधबार राती स्टाटस लेखेर विहिबार विहान डिलिट गरेका थिए । कार्कीले राजेन्द्रकुमार कार्की, प्रकाश कटुवाल, रामकुमार पौडेल र कुमार कार्की नजिकको प्रिय सम्मानित व्यक्तिहरु रहेको पनि माफी मागेको स्टाटसमा उल्लेख गरेका छन् ।
यता आफुहरु साइवर क्राइम सम्बन्धि मुद्धा दर्ता गर्ने प्रक्रियामा रहेका बेला माफी मागेका कारण मुद्धा फिर्ता गरेको कलाकार प्रकाश कटुवालले जानकारी दिए । रामेछापकै कलाकार समेत रहेका रामकुमार कार्की यो भन्दा अगाडी पनि पटक–पटक यस्तै विवादित कार्य गरेको भन्दै रामेछाप साँस्कृतिक कलाकार समाजले साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो।