रामेछाप जिल्ला फुटबल लिग २०७८ हुदैः १२ टिम सहभागि हुने (विवरणसहित)

  • प्रकाशित मिति: सोमबार, मंसिर २० २०७८
  • तामाकोशी

मन्थली, मंसिर २० गते । रामेछाप जिल्ला फुटबल संघको आयोजनामा रामेछाप जिल्ला फुटबल लिग २०७८ हुने भएको छ । सोमबार मन्थलीमा पत्रकार सम्मेलन गरी यहि मंसिर २३ गतेदेखि २५ गतेसम्म मन्थलीको हाटेचौर र कुनौरी खेलमैदानमा जिल्ला फुटबल लिग २०७८ को आयोजना गरिने जिल्ला फुटबल संघ रामेछापले जनाएको हो ।

रामेछाप जिल्लाको फुटबल विकास र युवाहरुलाई खेलकुद तर्फ क्रियाशिल र आकर्षण गराउने उदेश्यले लिगको आयोजना गरिएको आयोजकले जनाएको छ । जिल्ला फुटबल लिग २०७८ मा जिल्लामा क्रियाशिल विभिन्न १२ वटा क्लव, समुहहरुले सहभागिता जनाउने संघमा सचिव ऋषभ घिमिरेले जानकारी दिनुभयो ।



संयोजक बाँशुदेव फुयालका अनुसार लिगमा प्रथम, दितिय, तृतिय र सान्त्वना हुने टिमहरुले क्रमशः रु. एक लाख एक सय एघार, रु. पचहत्तर हजार एक सय एघार, रु. पचास हजार एक सय एघार र रु. विस हजार एक सय एघार साथै सिल्ड तथा मेडल पाउने छन् ।
लिगको च्याम्पियन हुने टिमले प्रदेश लिग च्याम्पियन खेल्न पाउने साथै प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्धारा गरिने आयोजकले जनाएको छ । सोमबार नै वितरण गरिएको टाइसिट अनुसार प्रतियोगिताको पहिलो खेल ग्रामिण सेवा युवा परिषद विरुद्ध दिपशिखा ब्वाइज युनाइटेड हुनेछ ।

लिगमा सहभागि टिमहरु
समुह ए मा
१) ग्रामिण सेवा युवा परिषद
२) दिपशिखा ब्वाइज युनाइटेड मन्थली
३) सानीमदौ शोसियल सिटी युवा क्लब

समुह वि मा
१) न्यू स्टार युवा क्लब मन्थली
२) खिम्ती प्याराडाइज युथ क्लब
३) जागरुक युवा क्लब रामेछाप

समुह सि मा
१) फुटबल क्लब भूजी
२) युनाइटेड रस्नालु युवा क्लब
३) मन्थली साँस्कृतिक समाज

समुह डि मा
१) शान्तिदिप युवा क्लब मन्थली
२) चण्डेश्वरी युवा क्लब
३) लिखुभूजी क्लब रामेछाप