पिपुल्स हाइड्रोपावरको आईपीओ आउँदै

  • प्रकाशित मिति: सोमबार, मंसिर २० २०७८
  • तामाकोशी

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको ९६ लाख कित्ता शेयरको ९६ करोड बराबरको प्राथमिक शेयर(आईपीओ) निस्कासन गर्ने भएको छ ।

हाइड्रोले शेयर प्रत्याभूतिकर्ताका लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन ।



हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत उत्पादन हुने आयोजना रहेको छ । हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।