खाँडादेवी गाउँपालिकाको सुलिथुम्कामा निर्माणाधिन भ्युटावरको काम अन्तिम चरणमा

  • प्रकाशित मिति: शनिबार, मंसिर १८ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरवास गोगनपानी स्थित सुलिथुम्का डाँडामा निर्माणाधिन भ्युटावरको काम अन्तिम चरणमा पुगेको छ ।रामेछाप,दोलखा,सिन्धुली र काभ्रे जिल्लाका अधिकांस भागहरुको दृश्यावलोकन गर्न सकिने भ्युटावरको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ नेतृत्वको टोलीले अवलोकन पनि गरेको छ ।गाँउपालिकाको प्रमुख पर्यटकिय केन्द्रबिन्दुका रुपमा हेरिएको सुलिथुम्कामा निर्माणाधिन भ्युटावरको काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो ।
अध्यक्ष तामाङले भन्नुभयो भ्युटावरको काम अन्तिम चरणमा छ, अहिले रङ्ग रोगन र गेट निर्माणको काम भैरहेको छ, खुड्कीलाको काम पनि अन्तिम अन्तिम चरणमा पुगेको छ ।भ्युटावर बनेपछि जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकहरुको विकाससँगै जिल्लाकै आर्थिक वृद्धिमा सहयोग पुग्ने जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रमबहादुर खड्काले बताउनुभयो ।बागमती प्रदेश सरकारको लगानीमा निर्माणधिन भ्युटारको २०७७ पुस १० गते जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले शिलान्यास गर्नुभएको थियो । वागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास योजना अन्र्तगतको दुई करोड ८९ लाख ६३ हजार ७७२ रुपियाँ लागतमा ९५० मिटर खुड्कीला सहित पाँचतले भ्युटावर र शौचालय सहित २०७८ जेठ महिनासम्म निर्माण सम्पन्न गर्ने गरी सुनकोसी कन्ट्रक्सनसँग निर्माण सम्झौता भएको थियो ।