दोलखा । दोलखामा एक सहकारीका सुरक्षा गार्डको हत्या गरी रकम लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । गएको कात्तिक १० गते गौरीशंकर गाउँपालिका १ जुगुको हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरेको आरोपमा जुगुकै विक्रम कार्की र सुमन कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनीहरूले सुरक्षा गार्ड पूर्णबहादुरको हत्या गरी एक लाख ८५ हजार रुपैयाँ लिएर फरार भएका थिए । हत्या गरिएका पूर्णबहादुरको शव डोरीले हातखुट्टा बाँधेको र कपडाले मुख थुनेको अवस्थामा दुई दिनपछि नजिकैको जङ्गलमा भेटिएको थियो ।
दोलखामा सहकारीका सुरक्षा गार्डको हत्या गरेर रकम लुट्ने पक्राउ
- प्रकाशित मिति: बिहिबार, मंसिर १६ २०७८
- तामाकोशी