रामेछापमा दोश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता सुरु

  • प्रकाशित मिति: बिहिबार, मंसिर १६ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लामा दोश्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । बुधबारबाट सुरु भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुभएको छ । मन्थली नगरपालिका वडा नं. ६ कुनौरी खेल मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा सिन्धुली र रामेछाप ‘ए’ एक÷एक गोलको बराबरी खेलेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गहतराजले मन्थली नगरपालिकालाई नेपाल सरकारको एक पालिका एक खेल कार्यक्रममा समेट्ने बताउनुभयो । एक पालिका एक खेल कार्यक्रम अन्तर्गत स्थानीय सरकारले ३० प्रतिशत लगानी गर्ने गरि पाँच करोड रुपैयाँ अनुदान दिने मन्त्री गहतराजको भनाई छ । दोश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २० जिल्लाका २२ टिम खेलाडीहरुले प्रतिस्पर्धा गर्दै छन् ।