रामेछापका टंकलाल घिसिङ राखेप सदस्य सचिवमा नियुक्त

  • प्रकाशित मिति: सोमबार, मंसिर १३ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापका टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त भएका छन् । नेपाल रग्वि संघका अध्यक्ष घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका थिए । नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयले एक सिफारिस सिमिति गठन गरेको थियो । दरखास्त आह्वान गर्दा १८ जनाले दावी पेश गरेकाम सिफारिस समितिले घिसिङ, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम राखेप सदस्य सचिवका लागि सिफारिस गरेको थियो । उनी नेकपा माओवादी केन्द्रको वागमती प्रदेश सचिवालय समितिका सदस्य पनि हुन् ।