सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा बुबाले छ्यापेको एसिड लागेर छोराछोरी घाइते भएका छन्। सोलु दूधकुण्ड नगरपालिका–५ वसन्त बजारका ५५ वर्षका मोहन बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये छोराको अवस्था गम्भीर छ । एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ ।
सोलुखुम्बुमा बुबाले छ्यापेको एसिडबाट छोराछोरी घाइते
- प्रकाशित मिति: मंगलबार, मंसिर ७ २०७८
- तामाकोशी