राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक १२ २०७८
  • तामाकोशी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले शुक्रबार रातिदेखि दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो । अधिवेशन अन्त्यसँगै कात्तिक २९ गते तोकिएको प्रनिनिधिसभाको बैठक र अर्को सूचनाद्वारा तोकिने भनिएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ । लामो समयदेखि संसद चले पनि प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोध र विरोधका कारण बैठकले सोचअनुरुप कार्य गर्न सकिरहेको थिएन । संसदको अहिलेको अधिवेशनमा केपी शर्मा ओली सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई विधेयक ल्याएर संसदबाट पास गरिएको थियो ।