सुनको भाउ तोलामा पाँच सयले बढ्यो

  • प्रकाशित मिति: बिहिबार, असोज २१ २०७८
  • तामाकोशी

काठमाण्डौ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८९ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज ९० हजार चार सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज ११ सय ७० रुपैयाँ पुगेको छ ।