सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो

  • प्रकाशित मिति: मंगलबार, असोज १९ २०७८
  • तामाकोशी

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । केही दिनयता घटेको सुनको भाउ आज भने तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ९० हजार ३ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ ८९ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ । तीन दिनदेखि चाँदी तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।