रामेछापमा मैत्रिपुर्ण फुटबलः मन्थली नगर युवा सन्जाल प्रथम

  • प्रकाशित मिति: सोमबार, असोज ४ २०७८
  • तामाकोशी

मन्थली । रामेछाप जिल्ला फुटबल संघको आयोजनामा संविधान दिवसको अवसर पारेर मैत्रिपुर्ण फुटबल खेलको आयोजना गरिएको छ । वातावरण संरक्षण परियोजनाको सहयोगमा आइतबार सदरमुकाम मन्थलीमा मैत्रिपुर्ण फुटबल खेलको आयोजना गरिएको हो ।

४ वटा टिम सहभागी खेलमा पुस्कर भट्टराईको मन्थली नगर युवा सन्जाल प्रथम भएको छ । उक्त प्रतियोगितामा कर्मचारी मिलान केन्द्र द्धितिय भएको छ, भने पत्रकार महासंघ रामेछाप र उद्योग वाणिज्य संघ सान्त्वना भएका छन् ।



प्रतियोगितामा विजय टिमलाई पुरस्कार र सहभागी खेलाडीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का र संघका संयोजक सुन्दर घिमिरेले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।