सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

  • प्रकाशित मिति: शुक्रबार, असोज १ २०७८
  • तामाकोशी

काठमाण्डौ । सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदीको भाउ आज ११ सय ७० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।