काले दाई मृत्यु प्रकरणः दोषीलाई कारवाहीको माग, मन्थलीमा नाराजुलुस (भिडियोसहित)

  • प्रकाशित मिति: शुक्रबार, साउन १ २०७८
  • तामाकोशी

रामेछाप। रामेछापको मन्थली नगरपालिका १२ का राजकुमार बुढाथोकी (काले) को मृ’त्यु प्रकरण रहस्यमय बन्दै गएको छ । घटनाको महिना बितिसक्दा समेत ह’त्या वा आत्मह’त्या अझै टुंगो लाग्न सकेको छैन। घटनाको सत्य तथ्य छानबिनगरि दोषीलाई कारवाही गर्न मृत’क राजकुमारका परिवार लगाएत स्थानिय गाउबासी मन्थलीमा झरेर हारगुहार गरिरहेका छन् ।

विभिन्न राजनितिक दल, रामेछाप प्रशासन यसमा मौन रहेको भन्दै न्याय माग्न शुक्रबार मन्थली देबकोटाचोकमा नाराजुलुस गरेका छन् भने दोषीलाई कारबाहीको उनीहरुले माग गरेका छन् । गत असार १ गते ज्याला मजदुरी गर्न छिमेकीकोमा गएका राजकुमार भोलि पल्ट मृ’त अवस्थामा फेला परेका थिए। त्यस दिन मृत’क राजकुमारसँगै केही व्यक्तिहरूले मदिरा सेवन समेत गरेको बताइएको छ ।



गाउँ नजिकै सेरावेसी स्थित एउटा गोठमा बसेर केही ब्यक्तिहरूले राति ८ बजेसम्म मदिरा सेवन गरेको स्थानियले बताएका छन् । बोल्न नसक्ने राजकुमार असार २ गते दिउँसो उक्त गोठ नजिकैको भिर मुनि मृ’त अवस्थामा फेला परेका थिए । उक्त शव भेटिएको भिर निकै ठुलो छ। त्यति ठुलो भिरबाट खसेका भनिएका राजकुमार घरतर्फ नआएर बाटोनै नपर्ने भिरतर्फ किन गए भन्ने प्रश्न परिवार र स्थानियले उठाएका छन् ।

त्यति अग्लो भिरबाट खसेर मरेको भनिएका मृत’क राजकुमारले लगाएको कपडा जस्ताको तस्तै रहेको, भीरबाट लडेको भनिए पनि काहिँ कतै बुटाहरू नमाडिएको, शरीरमा काहिँ कतै नदरालिएको शव देख्नेहरू बताउँछन् । उक्त भिर हेर्दा भिरबाट खस्ने जो कसैको शरीर छिन्नभिन्न हुने देखिन्छ । तर राजकुमारको शव भने त्यस्तो अवस्थामा नहुनुले पनि घटना शंकास्पद देखिएको स्थानियले बताएका छन् ।

टाउकोमा काटिएको , हर खुस्किएको र ढाडमा निल डाम रहेको अवस्थामा उनको शव भेटिएको र उनको शवको अवस्था हेर्दा आत्मह’त्या नभएर ह’त्या भएको गाउँलेहरूले भन्दै आएका छन् । मृत अवस्थामा भेटिएका राजकुमारको पोस्टमार्टम समेत नगर्न स्थानीयले दबाब दिएको समेत पीडित परिवारको आरोप छ। यद्यपि घटनाको जानकारी लगत्तै घटना स्थलमा पुगेको प्रहरी टोलिले उनको शव पोस्टमार्टमका लागि लगेको थियोे ।

मृत’क राजकुमारको पोस्टमार्टम रिपोर्टमा अग्लो ठाउँबाट खसेको भन्ने देखाएको र परिवारले जाहेरी दिएपछि शंकास्पद व्यक्तिहरूलाई पक्रा’उ गरी अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ। घटनाको हप्ता दिन पश्चात् मात्रै प्रहरी घटनास्थलको अनुगमन तथा सोधपुछका लागि जानु , तत्कालै शंकास्पद व्यक्तिहरूलाई पक्रा’उ नगर्नुले पनि दोषी उम्कन सक्ने चिन्ताको बिषय बनेको स्थानिय बासीहरु बताउँछन् ।

https://www.youtube.com/watch?v=qsuvy5RR_BA