समृद्ध गोकुलगंगाको ४ वर्षे यात्राः के-के भए काम ? (भिडियोसहित)

  • प्रकाशित मिति: बुधबार, असार ३० २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका समृद्धिका सपनाहरु पुरा हुदै गरेका पालिकामध्येका एक पालिका मानिन्छ । नेकपा एमालेबाट निर्बाचित अध्यक्ष र उपाध्यक्षले हाल सम्म पालिकामा प्रतिपक्षको समस्याहरु सामना गर्न परेको छैन । भौतिक संरचना, सडक पुर्वाधार विकास, कृषि, खानेपानी र सिँचाई, शिक्षा, उद्योग लगाएतका क्षेत्रहरुमा गाउँपालिकाभित्र धेरै काम भएको देखिन्छ ।
तामाकोशी सम्बादमा पालिका अध्यक्ष खड्गबहादुर सुनुवार संग भएको सम्बाद अनुसार के-के भए काम ?

भौतिक संरचना
गोकुलगंगा गाउँपालिकाभित्र समग्रमा ४१ वटा भवन संरचनाहरु बनाई सकेका छन् । यस्तै ६ वटा वडा कार्यालय भवन बनिसकेका छन् । पालिकाको भवन पनि निर्माणको अन्तिम चरणमा रहेको छ । पालिका भरीमा १० वटा सार्वजनिक शौचालय निर्माण गरिएका छन् । धार्मिक संरचना निर्माण र संरक्षण अन्तर्गत ६ वटा गुम्बाको निर्माण अन्तिम चरणमा रहेको गाउँपालिकाका अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।



सडक
गोकुलगंगा गाउँपालिकामा ४ वर्षमा ४ सय किलोमिटर सडकको ट्रयाक खोलिएको छ । १ सय किलोमिटर सडक सोलिङ गरिएको छ । केही सडक कालोपत्रे पनि सकिएको जनाएको छ । जटापोखरी, पाँचपोखरी लगायत उच्च पहाडी क्षेत्रमा अवस्थित पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक निर्माणधिण अबस्थामा छन् ।

कृषि
गोकुलगंगा गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर १८ वटा पकेट क्षेत्र बनाएको छ । आलु र किबी खेतीमा उल्लेख्य प्रगति गरेको गाउँपालिकाले कुखुरा र बाख्रा पालन, माछा पालन तथा अरु फलफुल खेतीमा पनि लगानी अनुसारको प्रतिफल हासिल भईरहेको छ । कृषिमा ठुलो मात्रामा पालिकाबाट अनुदानका कार्यक्रमहरु रहेका छन् ।

खानेपानी र सिँचाई
पालिकाले एक घर एक धारा कार्यक्रम लागू गरेको छ । यो कार्यक्रम अनुसार हालसम्म ३ हजार धाराको निर्माण सकिएको पालिका अध्यक्ष सुनुवारले जानकारी दिनु भयो । आरसीसी र मेशिनरी गरी १५ वटा सिँचाईका आयोजना निर्माणाधिण छन् । नामाडीको साउने बेशीमा बागमती प्रदेश सरकारको सहयोगमा सिँचाई आयोजना सम्पन्न भएको छ ।

शिक्षा
गोकुलगंगा गाउँपालिकाले कक्षा ५ सम्मका लागि स्थानीय पाठ्यक्रम बनाएर लागू गरेको छ । पालिका भित्रका सबै माध्यमिक विद्यालयमा आईटी शिक्षा अनिवार्य गरिएको छ ।

उद्योग
पालिकामा साना र मझौला गरी कुल २५ उद्योग सञ्चालनमा छन् । मिनिरल वाटर उद्योग, साबुन उद्योग, प्रेस, छाला जुत्ता उद्योग, चप्पल उद्योग लगायतका उद्योगहरु पालिकामा सञ्चालित छन् । यि उद्योगहरुमा पालिकाद्धारा कार्यविधि बनाई अनुदानको व्यवस्था गरिएको छ ।

सुविधासम्पन्न होटललाई पनि अनुदानको व्यवस्था
वैदेशिक रोजगारीमा गएर फर्किएका युवा तथा पालिकाभित्रै व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरुले गाउँपालिकाको अनुदान सहयोगमा सुविधा सम्पन्न होटल निर्माण गरेको अध्यक्ष सुनुवारले बताउनुभयो । गाउँपालिकाको अनुदान सहयोग र व्यक्ति आफैको लगानीमा चुचुरे, ठोसे, रस्नालु र बेतालीमा ७ वटा सुविधा सम्पन्न होटल निर्माण भएका छन् । चालु आर्थिक वर्ष अनुदान सहयोगमा १५ वटा होटल निर्माण गरिने भनिएपनि ७ वटा मात्रै सुविधा सम्पन्न होटल निर्माण भएको बताइएको छ । जसअनुसार चुचुरे, ठोसे र बेलातीमा १-१ वटा तथा रस्नालुमा ४ वटा सुविधा सम्पन्न होटल स्थापनाको लागि भौतिक संरचना भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सुनुवारले जानकारी दिनुभयो । बाँकी ८ वटा होटलले भने गाउँपालिकाको मापदण्ड अनुसार पुरा नगरेको पाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको मापदण्डअनुसार होटल सञ्चालन गर्ने होटल व्यवसायीहरुलाई अनुदान दिनका लागि गाउँपालिकाले ५० लाख बजेट छुट्याएको थियो । एक करोडसम्म लगानी गरेर होटल बनाएका व्यवसायीलाई गाउँपालिकाले एउटा होटल बराबर १५ लाखसम्म अनुदान दिनेछ । १० देखि ५० वटासम्म बैंड, एटेच बाथरुम, तातो र चिसो पानीको व्यवस्था, वाइफाईको व्यवस्था र कर्मचारीको व्यवस्था भएको होटलले मात्रै गाउँपालिकाको अनुदान पाउने छ । तोकिएको मापदण्डअनुसार बनेका होटल व्यवसायीहरुलाई एउटा होटल बराबर पालिकाले १५ लाखसम्म अनुदान दिने अध्यक्ष सुनुवारले बताउनुभयो । .

बाँकी भिडियोबाट……..