रामेछाप । रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ्गमा अर्को आकार्षण थपिएको छ । अहिले शैलुङ्गको आकर्षणमा चौँरीसँगै अब भेडा पनि थपिएको हो । शैलुङ्गमा देखिने भेडाको बथान शैलुङ्ग पुग्नेको लागि आकर्षक बनेको छ । अनि स्थानीय कृषकको लागि पनि आम्दानीको राम्रो स्रोत बनेको छ । भेडा पालन व्यवसाय पर्यटन प्रवर्धन र आर्थिक उन्नतीसँग समेत जोडिएको छ । विगतमा शैलुङ्ग क्षेत्रमा फाट्ट फुट्ट रुपमा मात्र पालिने भेडा अहिले व्यवसायिक रुपमा पालन गर्न लागिएको स्थानीय दावासंबु सेर्पाले बताउनुभयो । स्थानीय सरकार र प्रदेश सरकारले समे चौँरी पालक कृषकलाई प्रोत्साहन गर्न अनुदान र सहयोगका कार्यक्रम ल्याए पछि शैलुङ्ग क्षेत्रमा चौँरी पालन व्यवसाय विस्तार हुँदैगएको छ । गतसाल भन्दा यस वर्ष चौँरी गोठ र चौँरीको संख्या शैलुङ्गमा वृद्धि भएको दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष कमानसिं मोक्तानले बताउनुभयो । रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ्ग प्राकृतिक रुपमा अति रमणीय छ । प्राकृतिक रुपमा बनेका सयौँ थुम्का, क्षणमा कुहिरोले ढाक्ने त क्षणमा नै सूर्यको किरणले नजिकैको हिमाल चाँदी जस्तै टल्कने शैलुङ्ग सबैको मन लोभ्याउने प्रकृतिको वरदानको रुपमा रहेको छ ।
शैलुङ्गमा अर्को आकार्षण थपियो
- प्रकाशित मिति: आइतबार, असार २७ २०७८
- तामाकोशी