काठमाडौं, असार २५ गते । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप चीनबाट आज नेपाल आइपुग्दै छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज भेरोसेलको ८ लाख डोज पहिलो खेपमा आज ल्याइदैछ ।
निगमका अनुसार चालक दलका १२ सदस्यसहित चीन गएको थियो । वाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो। सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो। जहाजले असार २५ गते खोप ल्याउने छ।
यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ। नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ।