रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र सोही गाउँपालिकाका वडाध्यक्ष सुबास बोहोरालाई नियमित काममा फर्किने बाटो खुलेको छ । उपाध्यक्ष दाहाल र वडा नम्बर ७ का वडाध्यक्ष बोहोराले आफूहरुलाई कैद सजाय गर्ने जिल्ला अदालत काठमाडौँको फैसला चित्त नबुझेको भन्दै उच्च अदालत पाटनमा पुनरावेदन रिट दर्ता गरेपछि उनीहरु नियमित काममा फर्किने बाटो खुलेको हो ।
“गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्काले आफूहरुलाई झुट्टा मुद्धा लगाएको हो, तर जिल्ला अदालतले गलत निर्णय गर्याे, त्यसको विरुद्धमा उच्च अदालत गएकाहौ” उपाध्यक्ष दाहालले तामाकोशी अनलाइनसंग भन्नुभयो ।
सोहि गाउँपालिका वडा नं ७ को मिलन भनिने लोप्साङ लामा र अमृत तामाङमार्फत २ करोड रुपैयाँ चन्दा माग्न लगाएको र नदिएको खण्डमा ध्यान मार्ने धम्की दिन अह्राएको भन्दै अध्यक्ष खड्काले दाहाल र बोहोराविरु’द्ध मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा गत वैशाख ९ गते काठमाडौँ जिल्ला अदालतले १ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।