भोलिदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्ने

  • प्रकाशित मिति: सोमबार, असार १४ २०७८
  • तामाकोशी

काठमाडौं । जोरबिजोर प्रणालीमा भोलिदेखि सार्वजनिक सवारी साधन चल्ने भएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड पालन गरेर जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हो । त्यस्तै बैठकले काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय पनि गरेको छ । बैठकअनुसार व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर विहान ६ देखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउन दिइने छ । त्यस्तै लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन । सबै किसिमका पसल बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ । काठमाडौं उपत्यकाको पछिल्लो साता जारी गरिएको निषेधाज्ञा आज सकिँदैछ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।