रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा न.१ राकाथुममा सिलाइ र वल्डिङ मेशिन वितरण गरिएको छ । वडा भरीका दलित समुदायहरुलाई लक्षित गरी आर्थिक वर्ष २०७७÷०७८ मा वडा कार्यालय द्वारा विनियोजन गरिएको बजेटबाट २६ जनालाई सिलाइ र वल्डिङ मेशिन वितरण प्रदान गरिएको खाँडादेवी गाउँपालिका वडा न.१ राकाथुमका वडाध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो । उहाँले दलित लक्षित कार्यक्रम अन्तर्गत शनिबार वडाको पिपलटारबाट सिलाई मेसिन ७ थान, वल्डिङ मेसिन ५ थान र हाते कल १४ थान प्रोत्साहन स्वरुप वितरण गरिएको बताउनुभयो । दलित समुदायको माग र उनीहरुको सीप क्षमता अनुसार वितरण गरिएको मेशिनले दलित समुदायको आय आर्जनमा थप टेवा पुग्ने र उनीहरु थप आत्मनिर्भर बन्ने वडाध्यक्ष श्रेष्ठको विश्वास छ ।
खाँडादेवी गाउँपालिका राकाथुममा सिलाइ र वल्डिङ मेशिन वितरण
- प्रकाशित मिति: आइतबार, असार १३ २०७८
- तामाकोशी