रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेसंगै धेरैको चासोको विषय बनेको छ। बिहीबारको गाउँसभामा गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले नीति तथा कार्यक्रम सार्वजनिक गरिरहदा सबै दलको पुर्ण सहमति देखियो ।
कोभिड–१९ रोकथाम, उपचार तथा व्यवस्थापन अनि प्रकोप व्यवस्थापनका कार्यलाई उच्च प्राथमिकतामा राखि नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी टोलटोलमा निःशुल्क वाइफाइको सेवा र गाउँपालिकालाई एक वर्षभित्र अर्गानिक कृषि उत्पादन गाउँपालिका घोषणा गर्ने लक्ष्य जस्ता लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक भएपछि सबै दलको सहयोगमा सर्वसम्बत नीति तथा कार्यक्रम पास भयो । एक वडा एक कृषि प्राविधिकको व्यवस्था गर्ने, एक वडा एक नर्सरी बनाइने, पालिकाको उपयुक्त स्थानमा कृषि उपज संकलन केन्द्र, उपयुक्त स्थानमा पशु जाँचका लागि पशु स्वाथ्य चौकी , बैदेशिक रोजगारीबाट फर्केका युवाहरुका लागि कृषि क्षेत्रमा काम गर्न उपयुक्त अनुदानको व्यवस्था गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै अन्य धेरै लोकप्रिय नारासहितको नीति तथा कार्यक्रमको पुर्णपाठ थप भिडियोबाट…..