रामेछाप । शैलुङ्ग दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिं मोक्तानले चार वर्षमा गाउँपाकिाभित्र धेरै विकासका कार्यहरु सम्पन्न भएको बताउनु भएको छ । अध्यक्ष मोक्तानले आफ्नो नेत्रित्वको चार वर्ष कार्यकालमा धेरै उपलब्धिका काम सम्पन्न भएको तामाकोसी ओटिभीसंगको संबादमा बताउनु भएको हो । सबै पालिकाबासी सन्तुष्टीमा छन् म भन्दिन तर गाउँघरमा गएर सोध्दा हुन्छ, कम्तिमा ८० प्रतिशत जनता सन्तुष्ट छन् ।
स्वास्थ्य क्षेत्रमा भने आफ्नो कार्यकालमा निक्कै सुधार गर्न सकिएको उहाँको भनाइ छ । अहेव समेत नियमित नहुन गाउँपालिकामा डाक्टर सहितका स्वाथ्यकर्मी र अस्पताल स्थापना गर्न सफल भएको उहाँ बताउनुहुन्छ । दोरम्बाको ४ नं वडा बाहेक सबै वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन बनिसकेका छन् । यसैगरी काठमाडौं र सदरमुकाम मन्थलीबाट वर्षमा तीन महिना पनि यातायात नचल्ने गाउँपालकाको केन्द्रसम्म दुःख सुख अहिले बाह्रै महिना यातायात चल्ने अवस्था बनेको उहाँले बताउनुभयो ।
कोभिडको नयाँ भेरियण्टलाई ध्यानमा राखि बच्चाको उपचारको लागि आवश्यक पूर्वाधार निर्माणको काममा अघि बढाएको उहाँले बताउनुभयो । ‘दोरम्बा प्राथमिक अस्पतालमा तत्काल बच्चाको लागि एउटा छुट्टै वार्ड बनाउँछौं, त्यही अनुसारका बेड र अन्य आवश्यक उपकरण पनि व्यवस्था गर्छौँ’, उहाँले भन्नुभयो ।
आफ्नो कार्यकालमा कृषि र पशुपालनको क्षेत्रमा निक्कै सुधार आएको मोक्तान बताउनुहुन्छ । गाउँपालिकाले कृषि क्षेत्रमा गरेको लगानीको कारण व्यवसायीक खेती, बाख्रा, चौरी, बंगुर, कुखुरा लगायतका पशुपन्छी पालनमा नयाँ पुस्ता लागेको उहाँले बताउनुभयो । यसैगरी भूकम्पले क्षति भएका विद्यालयको पूननिर्माणको काम पूरा भएको उहाँले बताउनुभयो । अब विद्यालयमा पूर्वाधार निर्माणको काम खासै गर्नु नपर्ने उहाँको भनाइ छ । ‘अब गुणस्तरीय शिक्षालाई मात्र जोड दिँदा हुन्छ’, उहाँले भन्नुभयो ।
शैलुङ्ग, दोरम्बा लगायतको क्षेत्रमा पर्यटन प्रवर्धन, सबै टोलमा विद्युतीकरण, वृहत शैलुङ्ग खानेपानी योजनाको निर्माणको निरन्तरता लगायतका काम आफ्नो कार्यकालका देखिने काम भएको उहाँले बताउनुभयो । आफ्नै कार्यकालमा गाउँपालिकाको केन्द्रसम्म पक्कीबाटो पुर्याउने आफ्नो इच्छा भने पूरा हुन नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । बाँकी तामाकोसी ओटिभी सम्बादमा…..