मन्थली । प्रेस चौतारी नेपाल, रामेछापद्धारा स्थापना गरेको प्रेस चौतारीकोषमा नेकपा एमाले राष्ट्रिय परिषद सदस्य रत्नप्रसाद गौतमले रु. १ लाख सहयोग गर्नुभएको छ । कोभिड १९ महामारीको समयमा पत्रकारहरुको भवितव्य जोखिमलाई मध्यनजर गर्दै स्थापना गरेको प्रेस चौतारी कोषमा नेता गौतमले बुधबार सहयोग गर्नुभएको हो ।
कोरोना महामारीको जोखिम बढिरहेको समयमा महत्वपूर्ण सूचना सम्प्रेषणका लागि खटिरहेका प्रेस चौतारीमा आवद्ध पत्रकारहरुमा हुनेसक्ने जोखिमलाई मध्यनजर गरी उनीहरुको सुरक्षा र उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरिएको नेता गौतमको भनाई रहेको छ । प्रेस चौतारी कोषमा सहयोग गर्नु भएकोमा नेता गौतमप्रति चौतारीका अध्यक्ष युनिक विफा घिसिङले धन्यवाद दिदै अन्य सहयोगीदाताहरुलाई समेत सहयोगको अपिल गरेका छन् ।
कोषको रकम कोभिड १९ महामारीको समयमा अग्रपंतिमा रहेर काम गर्ने पत्रकारहरुको जोखिम, सुुरक्षा तथा उपचारमा कार्यविधि अनुसार खर्च गरिने छ भने, कोभिड पश्चात बाँकी रहेका रकम सार्वजनिक गरेर कार्यविधि अनुसारनै प्रेस चौतारी नेपाल, रामेछापले स्थापना गरेको अक्षयकोषमा जम्मा हुनेछ ।
प्रेस चौतारी कोषमा केहि दिन अगाडी राष्ट्रिय युवा संघ नेपाल, रामेछापका पदाधिकारीहरु लगाएत अन्य दाताहरुले समेत सहयोग गरेका छन् ।