नेपाल वायुसेवा निगमका अध्यक्ष घिमिरेद्वारा राजीनामा

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ३० २०७८
  • तामाकोशी

काठमान्डौं । नेपाल वायूसेवा निगमको अध्यक्ष पदबाट सुशील घिमिरेले राजीनामा दिएका छन् । उनले यसको जानकारी फेसबुकमार्फत् दिएका हुन् ।

नवनियुक्त पर्यटनमन्त्री उमाशंकर अगरियाको दबाबमा राजीनामा दिएको हल्ला मात्रै भएको भन्दै घिमिरेले आफ्नो चिनजान समेत नभएको बताए । यता मन्त्री अगरियाले राजीनामा आएको तर स्वीकृत नभएको जानकारी दिए । गत वर्षको वैशाखमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले घिमिरेलाई निगमको कार्यकारी अध्यक्ष र पछि बोर्ड अध्यक्ष नियुक्त गरेका थिए ।



भट्टराईले निगम सुधारका लागि अध्ययन गर्न बनाएको कार्यदलको संयोजक समेत रहेका घिमिरे पूर्वपर्यटन सचिव समेत हुन् ।