२४ घण्टामा ५ हजार २२५ कोरोनामुक्त, ३ हजार ७५० संक्रमित थपिए

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २८ २०७८
  • तामाकोशी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७५० जना संक्रमित थपिएका हुन् । पिसिआर र एन्टिजेन गरी १५ हजार १८२ जनाको नमुना परीक्षण भएको थियो । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोनाबाट मुक्त भएका छन् । त्यस्तै थप ६७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ । देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन् ।