काठमाण्डौ । गएको २४ घण्टामा देशभर चार हजार तीन सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ४९ जनामा र चार हजार पाँच सय ६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पाइएको छ । आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८० हजार तीन सय ३६ पुगेको छ । यसमध्ये ७४ हजार आठ सय ३८ जना होम आइसोलेनशमा छन् । यस्तै गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा नौ सय १५ जनामा सङ्क्रमण पाइएको छ । काठमाण्डौमा ६ यस ७९, भक्तपुरमा ८५ र ललितपुरका एक सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा पाँच हजार सात सय ६८ जना कोरोनामुक्त भएका छन् । अहिले कोरोनामुक्त हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ । यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण थप ८१ जनाको ज्यान गएको छ ।
२४ घण्टामा ५ हजार ७६८ जना कोरोनामुक्त, ४ हजार ३४४ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: बुधबार, जेष्ठ २६ २०७८
- तामाकोशी