उदयपुर । कोरोना संक्रमणका कारण आमा र दुई छोराको मृ’त्यु भएको छ । रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक सातामा एउटै परिवारकी आमा र उनका दुई छोराको मृ’त्यु भएको स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जेठ १५ गते ४५ वर्षीय छोराको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको थियो । १७ गते उनका ५० वर्षीय दाजुको मृ’त्यु भयो । कोरोना संक्रमण भई होम आइसोलेसनमा रहेकी उनीहरुको आमाको बिहीबार बिहान मृ’त्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
६५ वर्षीया आमा सँग उनका जेठा र साइँला छोराले कोरोनाबाट ज्या’न गुमाएका हुन् र स्वास्थ्य कार्यालयका अनुसार कान्छा छोरालाई पनि कोरोना संक्रमण भएकोमा उनले भने कोरोनालाई जितेका छन् ।