काठमाडौं । जनता समाजवादी पार्टीका नेता केशव झाको स्वर तथा संगीत रहेको गीत सार्वजनिक भएको छ।
‘उठू मधेशी जागू मधेशी‘’ बोलको गीतमा आफ्नो पहिचान स्थापना गर्नको लागि नअल्मलिन अनुरोध गरिएको छ। आफ्नो स्वाभिमान बचाउनका लागि मौका चिन्नु पर्ने पनि गीतमा भनिएको छ।
शासकहरुको जालझेल कायम रहेको भन्दै गीतमा भनिएको छ, ‘हामी मिलेर बसेनौं भने हामीलाई अलमल्याएर आफ्नो स्वार्थपूर्ति हुँदै छ, गरिँदै छ।’ शब्द संगीत र स्वर दिएका झाले डिसी नेपाललाई प्रतिक्रिया दिँदै अहिलेको परिस्थितिलाई राहात प्राप्त होला भनेर गीत बजारमा ल्याएको बताएका छन्।
राइजिङ मिडिया नेटवर्क प्रा.लि.को आधिकारिक यूट्यूव च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गरिएको गीत राम्रो हेरिएको छ।