नयाँ पार्टी गठन हुन्छ, युवा पुस्तालाई नेतृत्व दिन तयार छुः माधव नेपाल

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १७ २०७८
  • तामाकोशी

काठमाडौं। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी गठन हुने संकेत गर्दै युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्।

आफ्नो समुह निकट अनेरास्ववियु केन्द्रीय कमिटिको आइतबार भएको भर्चुअल बैठकमा नेता नेपालले आफु पार्टी एकताको पक्षमा प्रयाशरत रहेपनि ओलीबाट सम्भावना टर्दै गएको बताए।



बिद्रोहबाट बन्ने नयाँ पार्टीको नेतृत्व लिन युवा पुस्ता तयार भए आफु नेतृत्व हस्तान्तरणका लागि तयार रहेको भन्दै उनले भने ‘दोस्रो पुस्ता नेतृत्वका लागि सहमति जुटाएर अघि बढ्छ भने म नेतृत्व हस्तान्तरणका लागि तयार छु।’ आजको राजधानी दैनिकमा खबर छ ।