८ लाख डोज खोप ल्याउन नेपाल एयरलाइन्सको विमान चीन जाँदै

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १७ २०७८
  • तामाकोशी

काठमान्डौं । कोरोना भाइरस विरुद्धको चिनियाँ खोप लिनका लागि सरकारी वायुसेवा नेपाल एयरलाइन्सको चार्टर विमान आज राति बेइजिङ जाने भएको छ ।

चिनियाँ सरकारले अनुदानमा दिन लागेको १० लाख डोज खोप लिनका लागि आज राति नेपाली जहाज चीन जान लागेको हो । वजनले मिलेसम्म आज ८ लाख डोज खोप ल्याउने सरकारको तयारी छ । खोप लिनका लागि आज बेइजिङ जाने विमान भोलि मंगलबार दिउँसो साढे २ बजे खोप लिएर नेपाल फर्किनेछ ।



गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको सम्वादमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेका थिए ।