जनप्रेमी, विकासप्रेमीलाई काम गर्ने अबसर नै दिएनन्ः पालिका अध्यक्ष खड्का

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १७ २०७८
  • तामाकोशी

धोवी । रामेछाप लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले सिमित स्वार्थका व्यक्तिहरुले आफुलाई काम गर्ने अबसर नै नदिएको गुनासो गर्नु भएको छ । आफु जनप्रेमी, विकास प्रेमी जनताको सुखदुखको विषयमा २४ घण्टा जनताकै निम्ती अहोरात्र खटिने एक साहसी व्यक्तिलाई झुट्टा मुद्धा लगाएर अफ्ट्यारो पारेर जनतालाई झुक्याउने काम मात्र गरेको उहाँले सामाजिक सञ्जालमार्फद गुनासो गर्नुभएको हो ।

सधै आफुलाई घेराबन्दीमा पार्ने काम गरेको र जनताको पक्षमा काम गर्ने वातावरण नै नदिएको उहाँको आरोप छ । पछिल्लो समय चर्चामा रहेको १५ शैयाको अस्पताल आफुलाई झुट्टा मुद्धा लगाई अफ्टयारो पारेको बेलामा एकातिर शिर्षक र बजेट, अर्कातिर शिलन्यासको काम गरेर सोझा-सिधा जनतालाई झुक्याएको अध्यक्ष खड्काको आरोप छ । उहाँले केहि सिमित स्वार्थ बोकेका जनप्रतिनिधीहरुको १५ शैयाको अस्पताल वडा नं. ६ मा सार्ने योजना अब सफल नहुने सामाजिक सञ्जालको स्टाटस्मा उल्लेख गर्नुभएको छ । खिम्तीमा पुर्याएको अस्पताल सबै चुनौतिहरुको विचमा अब गाउँपालिका केन्द्रमा बनाउने संशोधन प्रक्रिया अगाडी बढाईएको र त्यसको लागि कार्यपालिकाको बहुमतको सदस्यले निर्णय गरेर जिल्ला समन्वय समिति हुदै संघिय सरकारसम्म पुर्याउने काम सुरु भएको सञ्जालको स्टाटस्मा उल्लेख छ ।



कोरोनाका कारण मृ’त्यु भएका परिवारप्रति दुख व्यक्त गर्दै माहामारीको समयमा पालिकाबासी कोही-कसैलाई केहि समस्यामा भएमा २४ घण्टा आफ्नो मोबाइलमा फोन गर्न आग्रह गर्नुभएको छ ।