२४ घण्टामा ६ हजार २०५ जना कोरोनामुक्त, ४ हजार ३६९ जना सङ्क्रमित थपिए

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १६ २०७८
  • तामाकोशी

काठमाण्डौ । गएको २४ घण्टामा देशभर चार हजार तीन सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार नौ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार सात सय दुई र ६ सय ६७ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकामध्ये काठमाण्डौ उपत्यकामा एक हजार ९३ जना रहेका छन् । काठमाण्डौमा आठ सय चार जना, भक्तपुरमा एक सय १३ जना र ललितपुरमा एक सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा ६ हजार दुई सय पाँच जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७९ दशमल २ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर एक सय नौ जनाको कोरोनाका कारण ज्यान गएको छ ।