मन्थली, जेष्ठ १४ गते । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा १५ बेडको आइसोलेशन तयार गरेको छ । विहिबार गाउँपालिका कार्यालय नजिक हाटेचौर भन्ने ठाउँमा प्रयाप्त अक्सिजन र डाक्टर सहितको आइसोलेशन तयार गरेको हो ।
जिल्लामा कोभिड १९ का विरामी केशहरु तिव्ररुपमा देखा परेपछि गाउँपालिकाबासीको स्वास्थ्यअबस्थालाई मध्यजनर गरेर १५ बेडको आइसोलेशन निर्माण गरेको पालिका अध्यक्ष प्रेम बहादुर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नु भयो “पालिकाको ९ वटै वडाका ग्रामिण स्वाथ्यकेन्द्र सहित १३ वटा स्वास्थ्य चौकीहरुमा तालिमप्राप्त स्वास्थ्यकर्मी टोली परिचान गरेकाछौं, गाउँघरमा सचेतना जनाउन शिक्षकहरुलाई परिचालन गरेकाछौं, हामी सचेतछौं भवितव्य सम्भावित घटनालाई मध्यनजर गरेर पालिकाको कामकारबाहि अगाडी बढाएकाछौं ।”
पालिका अध्यक्ष तामाङका अनुसार एन्टिजेन परिक्षणबाट केहि केशहरु देखापरे पनि जटिल खालका केशहरु नरहेको तर पालिकाका प्रतिनिधीहरु विरामीको अबस्थाबारे बुझ्न नियमित सम्पर्कमा रहेको जानकारी गराउनु भयो । नवनिर्मित आइसोलेशनमा १ जना डाक्टर सहित ५ जना स्टाफ नर्स तयारी अबस्थामा राखेको जानकारी दिनुभयो । कोभिड विरामीको सम्पुर्ण खर्च पालिकाले व्यहोर्ने गरी ब्यवस्थापन गरिएको साथै जटिल विरामीलाई अन्य अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको जनाइएको छ ।
खाँडादेवी गाउँपालिकाका युवाहरु सामाजिक संघसंस्थाहरुको सहकार्यमा वडा–वडामा सचेतनामुलक माइकिङ साथै माक्स र सेनिटाइजर वितरणको कार्यसमेत गर्ने गरेको पालिका अध्यक्ष तामाङको भनाई रहेको छ । सोहि क्रममा उहाँले ननकोभिडको विरामी उपचार गर्ने गरी पकरबास हेल्थ सेन्टरमा १० बेडको कक्ष स्थापना गरेको पनि जानकारी गराउनु भयो ।