सिर्जनाः “मलाई पनि बाँच्ने रहर छ”

  • प्रकाशित मिति: बुधबार, जेष्ठ ५ २०७८
  • तामाकोशी

दिन-दिनै बढदै छ जटिलता,
देश बचाउनलाई लाग्नुपर्छ राजनितिकलाई राखी अस्थिरता ।।

घरबाट निस्कनु हुन्न नाजुक छ अबस्था,
राज्यको त के भर गर्नु आफै गर है व्यबस्था ।।



कहाँ गए स्थानिय तहका जनप्रतिनिधि,
के-को लागि बनाएको हो यो रणनीति ?

नेताहरुलाई हेली-कप्टरमा ल्याउछन् रे,
हामी जनतालाई एम्बुलेन्स पनि छैन् रे ।।

बजेट बैठक, भेला सभाहललाई होइन,
जनतालाई रोग र भोकबाट बचाउन ।।

सपथ र कसम खादैँ गरौंला,
जनता नै नरहे पद र कुर्सी के रहौंला ?

दिन दहाडै बढदै छ मृत्यु,
सुन्दै छु सभाहल तिर गर्दै छन् रे नृत्य ।।

नियन्त्रण र सुरक्षात्मकलाई ध्यान दिउँ,
सकेसम्म उपचारत्मकलाई घटाउँ ।।

देशलाइ बचाउनलाई गर्नुपर्छ जनशक्तिको परिचालन,
सबै मिलीजुली गर्नुपर्छ सबै हल ।।

तिम्रो हाम्रो साझा समस्या लिनुहुन्न स्वास्थ्यलाई अन्यथा,
एकजुट भइ गर्नुपर्छ स्रोत र साधनको व्यवस्था ।।

लिनुपर्छ रोगलाई गम्भिरता,
अझै पनि बोलेको छैन किन हो मौवनता ?

लास जलाउनेलाई दिन्छन् रे हजार,
मर्नलाई होइन बाँच्ने पो छ रहर ।।

स्रोत र साधनको गनुपर्छ सही सदुपयोग,
खोइ कहाँ पुग्यो र विदेशी भुमिबाट पठाएको सहयोग ?

कोरोना कहरको महाविपद्,
अक्सिजन र सिलिन्डर लुकाउदै छ रे सांसद ।।