यस वर्षको मिस युनिभर्स मेक्सिकोकी सुन्दरी एन्ड्रिया मेजाको पोल्टामा

  • प्रकाशित मिति: सोमबार, जेष्ठ ३ २०७८
  • तामाकोशी

एजेन्सी । मेक्सिकोकी सुन्दरी एन्ड्रिया मेजा यस वर्षको मिस युनिभर्स बन्न सफल भएकी छन् । २६ वर्षीया मेजाले ७३ जना अन्य सुन्दरीहरुलाई पछि पार्दै मिस युनिभर्सको ताज जित्न सफल भएकी हुन् ।

अमेरिकाको फ्लोरिडामा आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्सको ताज जितेकी मेजा मिस मेक्सिको हुन् । मेक्सिकोको चिहुवाहुवा सहरमा जन्मेकी मेजा मेकअप आर्टिस्ट र सफ्ट वेयर इन्जिनियर समेत हुन् । उनी केही समयदेखि लैङ्गिक हिंसा अन्त्यका लागि सक्रिय हुँदै आएकी छन् ।



मेजाले आफ्नो कार्यकालमा विभिन्न ब्राण्ड तथा परोपकारी संस्थाको प्रतिनिधित्व गर्न न्यु’योर्क जाने मिस युनिभर्स अर्गनाइजेशनले जानकारी गराएको छ ।

प्रतियोगितामा मिस ब्राजिल जुलिया गामा फस्ट रनर-अप र मिस पेरु जेनिक म्यासेटा डेल कास्टिलो सेकेण्ड रनर-अप भएका थिए ।