महानगरभित्रका विद्यालयले जेठ २० भित्र परिक्षा लिइसक्नु पर्ने

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २ २०७८
  • तामाकोशी

काठमाडौं, जेठ २ । जेठ २० गते भित्र परीक्षा सकाउन काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ । महानगरले आज एक सुचना प्रकाशित गर्दैे विद्यालयले जेठ २० भित्रमा परिक्षा सकाएर जेठ मसान्तसम्म परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिएको हो ।

महानगरद्वारा प्रकाशित गरेको सुचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०७७ को वार्षिक मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम बिद्यालय अनुकुल उपयुक्त मुल्यांकन प्रक्रिया अपनाई जेठ २० गतेसम्म परिक्षा सम्पन्न गरी जेठको मसान्तसम्म नतिजा प्रकाशन र आषाढको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र संचालन गर्ने व्यवस्था मिलाउन सम्बिन्धत सबैमा जानकारी गराइन्छ ।’



विभागले अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट विद्यार्थीलाई प्रश्नपत्र पठाएर विद्यालय अनूकुल हुने गरी परीक्षा लिन भनेको छ ।