काठमाडौं । भुवन केसीले बनाउन लागेको फिल्म ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको मुम्बईमा निध’न भएको छ । उनको कोभिड १९ का कारण निध’न भएको भुवन केसीले जानकारी गराएका छन् ।
यो महामारी सकिए लगत्तै फिल्म सुटिङ गर्ने योजना थियो । तर, आज मुम्बईमा उनको कोभिडका कारण नि’धन भएछ । एकदमै दुःख लागेको छ,’ भुवन केसीले भने । उनले ‘माइतीघर २’ सुबोधको प्यासजन प्रोजेक्ट रहेकाले आफूले त्यसलाई प्राथमिकतामा राखेर सुटिङ गर्ने जानकारी गराए ।
१९९७ देखि फिल्म क्षेत्रमा सक्रिय सुबोध मुलतः स्क्रिप्टराइटर हुन् । उनले महेश भट्ट क्याम्पका ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ आदि फिल्म लेखेका छन् । नेपालमा २०२३ सालमा रिलिज भएको ‘माइतीघर’को कथालाई समातेर उनले ‘माइतीघर २’ बनाउन लागेका थिए । फिल्ममा अनमोल केसी र भुवन केसी खेल्ने कुरा थियो भने महत्वपूर्ण भूमिकाका लागि मनीषा कोइरालालाई पनि लिने चर्चा थियो ।