सोलुखुम्बु, वैशाख ३० गते । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृ’त्यु भएको छ । बुधबार बिहान उनीहरुको मृ’त्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए ।
उनका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर बसेकै अवस्थामा मृ’त्यु भएको हो । यस्तै शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो क्याम्पमा मृ’त्यु भएको निर्देशक आचार्यले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था कमजोर भएका कारण मृ’त्यु भएको बताइएको छ ।
रासस