डीभीको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

  • प्रकाशित मिति: आइतबार, बैशाख २६ २०७८
  • तामाकोशी

काठमान्डौं, २६ बैशाख । अमेरिकी डीभीको नतिजा प्रकाशित भएको छ ।

काठमान्डौंस्थित अमेरिकी दूतावासले शनिबार राती नतिजा सार्वजनिक भएको जानकारी दिएको हो । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको छ ।



डिभीको नतिजा यहाँ क्लिक गरी वेबसाइटमा गएर निःशुल्क हेर्न सकिने दूतावासले जनाएको छ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

छनौट हुन सफल आवेदकहरूले त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा उपलब्ध रहेको दूतावासले जनाएको छ । दूतावासले अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल नपठाउने पनि जनाएको छ ।