काठमाडौं । जटिल लक्षणसहितका कोभिड १९ संक्रमित बिरामीको चाप बढेपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ३३ कर्मचारी करारमा भर्ती गर्ने भएको छ । संक्रमितको उपचार र हेरचाहका लागि पर्याप्त कर्मचारी नभएपछि अस्पतालले करारमा खुलाएको हो ।
अस्पतालले ८ जना मेडिकल अधिकृत मागेको छ । २० जना स्टाफ नर्स, एक रेडियोग्राफर र चार जना हेल्थ असिस्टेन्ट मागेको छ । यसमा छानिने कर्मचारीहरूलाई असार मसान्तसम्मका लागि करारमा लिने उल्लेख छ ।
बैशाख २४ र २५ गते आन्तर्वार्तामार्फत कर्मचारी छनोट गर्ने भनिएको छ ।
