मन्थली, बैशाख १३ गते । नेकपा एमाले रामेछापका अधिकांश कार्यकर्ताले समानान्तर कमिटी गठन गर्दै हिडेका देबशंकर पौडेल र शान्ति प्रसाद पौडेलको धेरै सम्झना गरेका छन् । सोमबार मन्थलीको सामुदायिक भवनमा आयोजना गरेको जिल्ला संगठन कमिटीको बैठक तथा सफथ ग्रहण कार्यक्रममा उपस्थित कार्यकर्ताहरुले पौडेल द्धोयको सम्झना गरेका हुन् ।
बागमती प्रदेश सहइन्चार्ज काशिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रममा सहभागि नेता कार्यकर्ताले पौडेलद्धोयको नेकपा एमाले रामेछाप पार्टीप्रति गरेको योगदान तथा निभाएका भुमिकाको बारेमा खुबै चर्चा गरेका थिए । जिल्ला इन्चार्ज तथा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आफ्नो मन्तव्यको सुरुवातमै देवशंकर पौडेलको खुलेर प्रसंशा गर्दै पार्टीप्रति निभाएका भुमिकाको बारेमा चर्चा-परिचर्चा गर्नसम्म भ्याउनुभयो । उहाँले थप भन्नुभयो “रामेछापको खोल्सा–खोल्सी, घर–घर, गाउँ–गाउँ पुगेर नेकपा माले हुदै यो पार्टीको आजसम्म अशल कार्यकर्ता भई परिचय दिइ रहनुहुने नेता कमरेड देवशंकर पौडेल आज यहाँ देख्याछैन मैले, बागमती प्रदेशका नेता शान्ति प्रसाद पौडेल मैले देख्याछैन, केहि एक दुई जना नेता मैले देख्या छैन, आबेग कुण्ठा र भावनामा होइन, आन्दोलनको नेत्रित्वकर्ताको रुपमा तपाई आइदिनुस् यहि अनुरोध गर्न चाहन्छु।”
कार्यक्रमलाई सम्बोधनको क्रममा बागमती प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारीले निकट भविष्यमा स्थानिय तथा संघ, प्रदेशको निर्वाचन हुने हुनाले त्यसको तयारीमा लाग्न सम्पुर्ण कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “स्थानिय तहको निर्वाचन आउदो फाल्गुनमा हुने हुनाले तपाईहरु जिम्मेवारी ढंगले पार्टीको काममा लाग्नुुस् ।” अब आउने निर्वाचन पहिलाको भन्दा प्रिथक हुनेछ भन्दै चुनाव अगाडी गरेका कामको फेरिस्था देखाउनु पर्ने बेला आएको बताउनु भयो ।
सोमबारकोे उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठ तथा सचिव पुर्षोत्तम कडरिया सहित चार सय एकाउन्न जना नवौं अधिबेशन आयोजक जिल्ला संगठन कमिटी सदस्यहरुले सफथ ग्रहण गरेका थिए । उक्त समयमा एक सय एकाउन्न जना सल्लाहकार कमिटी समेत चयन गरेका छन् ।