लिखुतामाकोशी गाउँपालिका कल्लेरीको डाँडैडाँडा सरर अरनिको बस….

  • प्रकाशित मिति: मंगलबार, चैत्र ३१ २०७७
  • तामाकोशी

मन्थली । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ४ साविकको कल्लेरीमा यात्रुबाहक बस पुगेपछि स्थानिय बासी हर्षित भएका छन् । वि. स. २०६६ सालमा टयाक खोलिएको कल्लेरीगाउँको डाँडैडाँडा आज मंगलबार सरर अरनिको बस दगुरेपछि स्थानियबासी मख्ख भएका हुन् ।

कोटगाउँ-कल्लेरी हुदै पोकुबेसीसम्मको करिव ६ किलोमिटर सडक खण्ड पुनः मर्मत गरेपछि यात्रुबाहक बस चल्न सुरु भएको उपभोक्ता समितिका अध्यक्ष शिवसागर मगरले जानकारी दिए । उनका अनुसार उक्त सडक सञ्जालले काठमान्डौ देखि ओखलढुंगा गाम्नाङटार, खाल्टे र यसम जानका लागि करिव ७ किलोमिटरको दुरी फरक (नजिक) हुने बताइएको छ । कोटगाउँ-कल्लेरी-पोकुबेसी सडक निर्माणका लागि लिखु ३ जलविद्युत कम्पनी, स्थानिय युवाहरु र वडा कार्यालयको आर्थिक सहयोगमा मर्मत कार्य सम्पन्न भएको समिति अध्यक्ष मगरले जानकारी दिए ।



पहिलो चोटी यात्रुबाहक बस कल्लेरीमा पुग्दा संयौ स्थानियबासीहरुले फुलमाला सहित स्वागत गरेका थिए ।