मन्थली । बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बन्चरोको सहि निशानामा हान्न सक्नेलाई मात्र दिनु पर्ने बताउनु भएको छ । शुक्रबार मन्थली नगरपालिका वडा नम्बर १ रनजोरमा ठुलीमदौं खानेपानी आयोजनाको सिलन्यास गर्ने क्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।
उहाँले भन्नुभयो “मैले भनेकै थिए मेरो हातमा बन्चरो देउ म मुडो चिर्छु, बन्चरो अर्काको हातमा दिएकोछ म मुडो चिर्न सक्दैसक्दिन ।”
अहिले बन्चरो हान्न भनेर रामेछापका जनताले आफुलाई दिएकोले रामेछापको विकासमा छल्याङ मारेको दावी गर्नु भयो । मन्थलीलाई जिरो विन्दु मानेर जोडेको सम्पुर्ण सडक अहिले कालोपत्रेको प्रक्रियामा रहेको मन्त्री ढुंगेलले बताउनु भयो । मन्थलीको आकासे बहुउदेशिय खेलमैदान, सानीमदौ चिस्यान केन्द्र, मन्थली सानीमदौ प्राविधिक शिक्षालय, सानीमदौ साझा घर पार्क लगाएत धेरै ठुला विकास निर्माणका आयोजनाहरु निर्माणधिन अबस्थामा रहेको समेत बताउनु भयो । जति पनि रामेछापका तिव्र विकास भईरहेका छन् त्यो सबै अहिले आफ्नो सक्रियतामा सफल भएको दावी गर्नु भयो ।
शुक्रबार सिलन्यास भएको ठुलीमदौ खानेपानी आयोजनाको लागत स्टमेट करिब ११ करोड ७५ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यो आयोजना पुरा भए पश्चात खानेपानीको हाहाकार झेलिरहेका ठुलीमदौ र सानीमदौबासीलाई ठुलो राहत पुग्नेछ ।