मन्थली । रामेछापका नव कलाकार सविन चौहानको पहिलो गित सार्वजनिक भएको छ । मन्थली नगरपालिका १० चनखुका कलाकार चौहानको बनमा बयर सोमबार मात्र सांगितिक बजारमा सार्वजनिक भएको हो ।
डिपी खनालको शब्द र शंकर थापाको संगितमा रहेको उक्त गितमा गायक सविन चौहान सहित सन्ध्या बुढा (काउली बुढी) को सुमधुर स्वर सुन्न सकिन्छ । बनमा बयर एक प्रिथक सांगितिक कोसेलीको रुपमा बजारमा चर्चामा छ ।
उक्त गितको म्यूजिक भिडियोमा दामोन क्षेत्री र स्मारिका ढकाल लगाएत कलाकारहरुको उत्कृष्ठ अभिनय देख्न सकिन्छ । बनमा बयर गितको म्युजिक भिडियो सविन चौहान नामक युट्यूव मार्फद बजारमा सार्वजनिक भएको हो ।