रामेछापमा पहिलो पटक टग अफ वार (तान डोरि ) प्रतियोगिता हुँदै

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन २७ २०७७
  • तामाकोशी

रामेछाप । फागुन २७ गते,
रामेछाप जिल्लामै पहिलो पटक जिल्ला स्तरीय “ टग अफ वार“ (तान डोरि ) खेल प्रतियोगिता हुने भएको छ । बागमति प्रदेश खेलकुद विकास परिषदको कार्यक्रम अन्र्तगत रामेछाप जिल्ला खेलकुद बिकास समितिको आयोजनामा यहि फागुन २९ गते शनिबार सदरमुकाम मन्थलीमा यो प्रतियोगित हुँदै छ । टग अफ वार“ (तान डोरि ) खेल प्रतियोगिताको तयारी पुरा भएको रामेछाप जिल्ला खेलकुद बिकास समितिले बिहिबार मन्थलीमा पत्रकार सम्मेलन गरी जनाकारी गराएको छ । पत्रकार सम्मेलनमा रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश श्रेष्ठले जिल्लामा साहसिक एवं पर्यटकिय खेलको बिकास गर्ने उद्देश्यले हुन गैरहेको प्रतियोगितामा दुई नगरपालिका र छ गाउँपालिकाको आठ टिमको सहभागिता रहने बताउनुभयो । जिल्लामै पहिलो पटक हुन गैरहेको प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारीको टिम र रामेछाप उद्योग बाणिज्य संघको टिमबिचको खेलबाट गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले बागमति प्रदेश खेलकुद विकास परिषदको एक लाख ३५ हजार रुपियाँ आर्थिक सहयोगमा हुने प्रतियोगितामा सहभागि हुन जिल्लामा रहेका सवै स्थानीय तहलाई अनुरोध गर्नुभएको छ । प्रतियोगितालाई भब्य र सब्य रुपमा सफल बनाउनका लागि रामेछापवासि खेल प्रेमिहरुलाई प्रतियोगिताको अवलोकन गरि सुझाव दिन पनि अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो । प्रतियोगिमा सहभागि भई बिजेता र उपबिजेता बन्ने टिमले शिल्ड , मेडल , प्रमाणपत्र सहित नगद पुरस्कार समेत पाउने आयोजक रामेछाप जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।